३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

पाँच लाख रुपैयाँ घुससहित मालपोतका हाकिम पक्राउ



काठमाडौं ।
अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेतहात पक्राउ गरिएको हो। सूचना अधिकारी घिमिरेका अनुसार मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो। हामीले उहाँलाई घुस लिइसकेको पैसासहित रंगेहात पक्राउ गरेका छौँ घिमिरेले भने यसबारेमा विस्तृत विवरण आइसकेको छैन। मण्डललाई अख्तियारको टोलीले नियन्त्रणमा लिइ बर्दिबास लगिसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  १ : ०६ बजे