३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

आकाशमा अनौठो विमान देखेपछि उपत्यकाबासी अचम्मित



काठमाडौं ।

शनिवार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए। राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन।

हवाई क्षेत्रका जानकारहरुले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरुले त्यसका बारेमा आफूहरु अनभिज्ञ रहेको बताएका छन् भन्ने खबर नेपाल समाचारपत्र दैनिकमा छ।

शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौँको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : ८ मंसिर २०७६ आइतबार ००:००  ७ : ३० बजे