३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

ट्याक्टरबाट खस्दा चितवनमा एक जनाको मृत्यु



चितवन ।
ट्याक्टरबाट खस्दा चितवनमा एक जनाको मृत्यु भएको छ। नबलपुर गैंडाकोटका ५५ वर्षीय खागिराम राना मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका २६ खयरघारिमा सिसैबाट खयरघारी तर्फ जाँदै गरेको ना ७ त ४७० न ट्याक्टरबाट अचानक खस्दा पछडीको चक्काले किच्दा उनको मृत्यु भएको हो चितन प्रहरीले जनाएको हो। चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १० मंसिर २०७६ मंगलबार ००:००  १ : १६ बजे