२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

उप निर्वाचनको लागि आजबाट मौन अवधि सुरु हुँदै, नेताहरु के गर्दै छन् ?



काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको लागि आजबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आयोगका अनुसार बुधबार रातिदेखि मौन अवधि सुरु हुने भएकाले त्यसपछि कुनै पनि दल र उम्मेदवारले चुनावी गतिविधि गर्न पाउने छैन्न् । जनमत परीक्षणका रूपमा लिइएको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा छन्। छ। सत्तासीन नेकपा र विपक्षी कांग्रेसका शीर्ष नेता चुनावी सभा सम्पन्न गरी राजधानी फर्केका छन्। कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि दलहरूले बुधबार भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर मंगलबार काठमाडौं फर्केका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि बुधबार भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नेछन्। देउवाले पोखरा, बागलुङ, दाङ र धरानका चुनावी सभालाई सम्बोधन गरेका थिए। भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ। सभमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दैछन्।

प्रकाशित मिति : ११ मंसिर २०७६ बुधबार ००:००  ८ : ३३ बजे