८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ



धनगढी ।
जिल्ला प्रहरी कार्यालय कैलालीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–१ मा रहेको होटल पुष्पाञ्जलीको कोठा नम्बर ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित बिहीबार राति तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा धनगढी–५ का इन्द्रजित धामी, एलिसा तामाङ र बाजुराको त्रिवेणी नगरपालिका–३ घर भई धनगढी–१ बस्ने मोनिका बुढा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। ब्राउन सुगरको कारोबार भैरहेको सूचना प्राप्त भएपछि होटेलमा छापा मारेर उनीहरुmलाई पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १ : ४० बजे