१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ



काठमाण्डौ ।
विप्लव नेतृत्व नेकपा समूहका मेचीनगर इञ्चार्ज यामकुमार गिरी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गिरीलाई शुक्रबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरेको हो ।
गएको भदौ २३ गते राति झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचन तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधीन भवनमा बम विस्फोट गराउने व्यक्तिहरुमध्ये गिरी पनि एक हुन् ।
बम विस्फोटबाट निर्माणाधीन भवनमा क्षति पुगेको थियो । गिरीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ मंसिर २०७६ आइतबार ००:००  २ : २९ बजे