३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

३८ जना सवार सैनिक विमान बेपत्ता



एजेन्सी ।
चिलीको सैनिक विमान अन्टार्टिकामा बेपत्ता भएको छ। बेपत्ता विमानमा ३८ जना सवार रहेको चिलीको वायुसेनाले जानकारी दिएको छ। पुन्टा अरेनसबाट उडेको सी–१३० हर्कुलस विमान दुई घण्टा ५५ मिनेटपछि सम्पर्कविहीन भएको हो। विमानमा चालकदलका १७ जना र २१ यात्रु सवार थिए। हराइरहेको विमान र यात्रुको खोजीकार्य जारी रहेको बताइएको छ। दुईवटा एफ–१६ लडाकु विमान र चारवटा जहाजहरुलाई हराइरहेको विमान खोजीका लागि परिचालन गरिएको छ।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  १२ : ०५ बजे