८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जस्तो छौं त्यसैमा गर्व गरौंः मिस युनिभर्स जोजीबिनी



एजेन्सी ।
दक्षिण अफ्रिकी सुन्दरी जोजिबिनी तुन्जी सोमबार राती ६८ औं विश्व सुन्दरी घोषित भइन्। प्रतियोगिताको आरम्भदेखि नै बलियो प्रतिस्पर्धी मानिएकी उनले प्रश्नोत्तर सेसनमा तर्कपूर्ण जवाफ दिएर सबैको मन जितेकी थिइन्। जोजी मिस युनिभर्स घोषित हुने तेस्रो दक्षिण अफ्रिकी युवती हुन्। यसअघि सन् २०१७ मा डेमी–ले नेल–पेटेर्स र सन् १९७८ मा मार्गरेट गार्डनरले यो उपाधी जितेका छन्। प्रतियोगिताको प्रश्नोत्तर सेसनमा जोजीको प्रस्तुती हेर्नुभएको थियो भने तपाईं उनको आत्मविश्वासबारे राम्रो जानकार हुनुहुन्छ। उनी पब्लिक रिलेसनमा खास दख्खल राख्छिन्। केप पेनिन्सुल्ला युनिभर्सिटीबाट पब्लिक रिलेसन म्यानेजमेन्टमा डिग्री हासिल गरेकी जोजी ताज जित्नुअघि एक प्राइभेट कम्पनीमा इन्टर्नसिप गर्दै थिइन्।

उनले सन् २०१७ मा पहिलो पटक ब्युटी पेजेन्टमा भाग लिएकी थिइन्। त्यस साल असफल भएकी जोजीले यो वर्ष पुनस् कोशिश गरिन्, र जितिन् पनि। सन् २०१७ मा त्यस वर्षकी मिस युनिभर्स डेमी–लेले जोजीलाई पछि पारेकी थिइन्।

जस्तो छौं, त्यसैमा गर्व गरौं

मिस युनिभर्सको वेवसाइटमा लेखिएअनुसार, लिंगभेदसम्बन्धि पुरातन अवधारणा र भाष्यलाई तोड्न दत्तचित्त जोजीले सामाजिक सञ्जलमार्फत अभियान नै चलाएकी छन्। प्रकृतिप्रदत्त सुन्दरताको वकालत गर्ने जोजी ुहरेक महिलाले आँफूलाई प्रकृतिले जस्तो बनाएको छ त्यसैमा गर्व गर्नुपर्नेु धारणा राख्छिन्। विजेता घोषित हुनुअघिको वक्तव्यमा उनले भनेकी थिइन्,म त्यस्तो संसारमा हुर्किएँ, जहाँ मेरोजस्तो छाला र कपाल भएको महिलालाई सुन्दर मानिँदैनथ्यो। मेरो विचारमा, आजबाट यो रोकिन्छ। म बच्चाहरूले मेरो अनुहारमा आफ्नो मुहार प्रतिबिम्बित भएको देखून् भन्ने चाहन्छु।

प्रकाशित मिति : २४ मंसिर २०७६ मंगलबार ००:००  १२ : १३ बजे