३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

देश चलाउने ‘लिडर’ खोज्दै रवी लामिछाने



काठमाडौं ।
टेलिभिजन रियालिटी शो ‘द लिडर’को औपचारिक घोषणा गरिएको छ। ‘को बन्छ करोडपति’संचालनमा ल्याएको ‘एसआरविएन’ मिडियाले छिट्टै प्रशारण गर्न लागेको कार्यक्रमको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो। ‘द लिडर’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्नेछन्। कार्यक्रमको निर्याणकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, पूर्वपत्रकार तथा नेता रवीन्द्र मिश्र रहनेछन्। बाँकी २ निर्णायकपछि चयन गरिने बताइएको छ। कार्यक्रम न्यूज २४ टेलिभिजन साथै रमाइलो टिभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ। सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने प्रस्तोता लामिछानेले जानकारी दिए। प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ। ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दावी छ। पत्रकार सम्मेलनमा निर्णायकत्रय भट्टराई, कार्की र मिश्रले नेपाली समाज र पछिल्लो पुस्ताले खोजेको र रोजेको ‘लिडर’ बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका थिए।

प्रकाशित मिति : २६ मंसिर २०७६ बिहिबार ००:००  ७ : ३८ बजे