३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

राष्ट्रियसभा चुनावका लागि आजदेखि दल दर्ताको म्याद



काठमाण्डौँ ।
निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ। सरकारले राष्ट्रियसभाका रिक्त हुने १९ सदस्यका लागि चुनावको मिति घोषणा गरेपछि आयोगले दल दर्ताको म्याद आजदेखि पुस ६ गतेसम्म तोकेको छ। यसअघि निर्वा्चित भएका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजनाको कार्यकाल फागुन २१ मा सकिदै छ। कार्यकाल सकिने सदस्यहरूमा नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन्। यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ। कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडा रहनुभएको छ भने राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव र समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ।

प्रकाशित मिति : २७ मंसिर २०७६ शुक्रबार ००:००  ८ : २० बजे