८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भ्रष्टाचारी जनप्रतिनिधि, ८ लाख घुससहित रंगे हात पक्राऊ




मायादेवी अनलाइन ।
आठलाख रुपैयाँ घुससहित दैलेख जाजरकोटका एक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका श्रीमान पक्राउ परेका छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान चन्द्रबहादुर बस्नेत पक्राउ परेका हुन्।उनीहरुलाई घुस रकमसहित सहित अख्तियार दुरुपयोग अुनसन्धान आयोगले पक्राउ गरेको हो।वीरेन्द्रनगरमा घुस रकम लिँदै गरेका अध्यक्ष केसीलाई शुक्रबार पक्राउ गरिएको हो। अध्यक्ष केसीलाई आठलाख घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको सुर्खेत कार्यालयले जनाएको छ।नियन्त्रणमा लिइएको अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान बस्नेतमाथि थप अनुसन्धान भइरहेको अख्यियारले जनाएको छ।के काममा लागि घुस लिएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ

प्रकाशित मिति : १० माघ २०७६ शुक्रबार ००:००  १० : ०२ बजे