२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नयाँ दिल्लीमा पनि एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि



दिल्ली ।
भारतको राजधानी नयाँ दिल्लीमा एकजना भारतीयमा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ । यस्तै तेलंगानाका अर्का एकजना भारतीयमा समेत भाइरसको संक्रमण रहेको पुष्टि भएको भारतीय सरकारी सञ्चार संस्थान पीआईबीले जानकारी दिएको छ ।
पीआईबीका अनुसार दिल्लीमा भाइरसको संक्रमण देखिएका व्यक्ति केही समय अघि मात्रै इटालीबाट फर्किएका थिए भने तेलंगानाका व्यक्ति दुबाईबाट फर्किएका थिए। उनीहरु दुवैलाई निगरानीमा राखेर उपचार भइरहेको पनि पीआईबीले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  ३ : ५१ बजे