८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रधानमन्त्री ओली भोलि वा पर्सि डिस्चार्ज हुने



काठमाडौँ ।
मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबारसम्म डिस्चार्ज हुने भएको छ।
उनको स्वास्थमा सुधार आएकाले भोलि या पर्सिसम्म डिस्चार्ज गरिने उनको उपचारको नेतृत्व गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले बताए। ओलीको गत आइतबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रत्यारोपणपछि ओलीलाई संक्रमणबाट बचाउन चुनौती भएको चिकित्सकहरुले बताउँदै आएका थिए। तर, ओली बालुवाटार पुगेर पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्षम रहेको भन्दै उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो।

प्रकाशित मिति : २६ फाल्गुन २०७६ सोमबार ००:००  ५ : ५५ बजे