१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

धरानमा सुरु भयो परीक्षण ल्याब, कन्फर्म गर्न भने टेकु नै लग्नुपर्ने



धरान । सरकारले कयौँ दिनको प्रयासपछि आइतबारदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको परीक्षण गर्न ल्याब सुरु गरे पनि यहाँबाट अन्तिम परीक्षण भने नहुने भएको छ।कोरोना भाइरसको शंका लागेकाहरुको स्वाब परीक्षण धरानमा आइतबारदेखि सुरु हुने भए पनि यसले नेगेटिभ नतिजामात्र निकाल्ने  र पोजेटिभ देखिए टे‍कुस्थित जनस्वास्थ्य प्रयोगशालामा अन्तिम परीक्षण गर्नुपर्ने प्रतिष्ठानका अधिकारीहरुले जानकारी दिएका छन्।

यसबीच ससाना प्राविधिक र व्यवस्थापकीय कमजोरीले धरानमा ल्याब सुरु गर्न सकिएको थिएन।‘विभिन्न कारणले ल्याब सञ्चालन गर्न नसकेकामा आजदेखि सुचारु भएको छ, यसले नेगेटिभ नतिजा थाहा हुन्छ भने पोजेटिभ देखिए रिकन्फर्म गर्न टेकु लैजानुपर्छ,’ सहायक निर्देशक डा. विकास शाहले जानकारी दिए।

प्रकाशित मिति : १६ चैत्र २०७६ आइतबार ००:००  २ : ३९ बजे