६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कोरोनाविरुद्ध लड्न नेयमारको ५ मिलियन आर्थिक सहयोग



एजेन्सी ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारले कोरोना भाईरसविरुद्ध लड्न मोटो रकम सहयोग गरेका छन् ।ब्राजिलियन फरवार्ड नेयमारले कोरोनाविरुद्ध लड्न ५ मिलियन ब्राजिलियन आर्थिक सहयोग गरेका छन् ।

नेयमारले युनिसेफ र ब्राजिलमा स्थापना गरिएको कोषलाई उक्त रकम दिएका हुन् ।सर्वाधिक महँगा फुटबलर नेयमारले उपलब्ध गराएको उक्त रकम युनिसेफबाट विश्वभरका कोरोना प्रभावित र ब्राजिलको कोषले आफ्नो राष्ट्रका प्रभावितका लागि खर्च गर्नेछ ।

कोरोनाविरुद्ध लड्न विश्वका चर्चित फुटबल खेलाडीले सहयोग गर्दै आइरहेका छन् ।बार्सिलोनाका लियोनल मेस्सी, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो लगायतका खेलाडीले ठुलो रकम सहयोग गरिसकेका छन् ।कोरोनाको कारण विश्वमा ५३ हजार बढी मानिसको मृत्यु भईसकेको छ । ब्राजिलमा ३ सय बढीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ७ : ०७ बजे