२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

जुन २९ भित्र ओलम्पिक छनोट सक्न निर्देशन



एजेन्सी ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)ले ओलम्पिक छनोटको नयाँ समय सिमा निर्धारण गरेको छ । आईओसीले शुक्रबार सार्वजनीक गरेको नयाँ तालिका अनुसार ओलम्पिक छनोट अर्को बर्षको जुन २९ भित्र सक्नुपर्नेछ ।

यस बर्ष हुने टोकियो ओलम्पिक जुलाई २४ देखि अगष्ट ९ सम्म हुने तय थियो । तर कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता यस बर्ष स्थगित गरिएको थियो । लगत्तै सदस्य राष्ट्रसंग छलफल गरेर आईओसीले ओलम्पिक आयोजना २०२१ मा जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना गर्ने नयाँ मिति तय गरेको थियो ।

आईओसीले सबै राष्ट्रिय ओलम्पिक कमिटिलाई पठाएको पत्रमा ओलम्पिक छनोटको नयाँ समय सिमा निर्धारण गरेको छ ।‘नयाँ छनोट तालिका २०२१ जुन २९ सम्मका लागि हुनेछ ।

सोही समयमा रहेर अन्तराष्ट्रिय महासंघले आफ्नो छनोट समय सिमा निर्धारण गर्न सक्नेछन् । तर सबै तालिका जुन २९ अगाडीनै तय हुनुपर्नेछ ।’ राष्ट्रिय ओलम्पिक कमिटिलाई पठाईएको पत्रमा भनिएको छ ।

‘जुन खेलमा उमेरको सिमा तय हुन्छ । त्यो खेलाडीको मापदण्ड बदल्न तयार हौ । जसले २०२० ओलम्पिकका लागि छनोट भएका थिए ।’ आईओसीले भनेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ७ : १२ बजे