२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कपिलवस्तुमा होटल तथा रेस्टुरेन्ट ब्यवसाय संचालन दिन माग



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना भाइरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलार्ई सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालनको अनुमति दिनु पर्ने माग गरिएको छ ।

होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने गरी बनाइएको नियमले होटल तथा रेस्टुरेन्ट ब्यवसायी मारमा परेको बताएको छ ।

अहिलेको नियमले राजमार्ग देखि भित्र पर्ने होटल र रेस्टुरेन्ट ब्यवसायी झन समस्यमा परकोले यो नियममा पुर्नबिचार गरिनु पर्ने माग गरिएको हो । संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री तथा सचिव शिवराज सापकोटाले प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।

जिल्लाका अधिकांश होटल तथा रेस्टुरेन्टहरु भाडामा चलेकोले लकडाउन अवधिको घर भाडा मिनाह वा अन्य कुनै ब्यवस्था गर्न सरकारले ठोस कदम चाल्नु पर्ने माग गरिएको छ । ब्यवसायीहरुले कर्जा लिएर ब्यवसाय संचालन गरेको र लकडाउनले ब्यवसाय ठप्प भएकाले सो अवधिको मासिक किस्ता ब्याज र कर्जाका बिषयमा पनि उचित ब्यवस्था मिलाउनु पर्ने संघका जिल्ला अध्यक्ष खत्रीले बताए ।

लकडाउन अवधिको कर, बिद्युतको बिल समेत मिनाह गर्नु पर्ने, लकडाउन खुलेको ६ महिनासम्म किस्ताबन्दीरुपमा कर तिर्ने ब्यवस्था मिलाउनु पर्ने उनले माग गरे । नेपाल भित्र रहेको सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरु अहिले मारमा परकोले आफुहरुको सरकारले संरक्षणले गर्नु पर्ने संघका अध्यक्ष खत्रीले बताए ।

संघका सचिव सापकोटाले असार १ गते देखि देशभर लकडाउन खुृकुलो भए पनि होटल र रेस्टुरेन्ट ब्यवसायलाइृ भने अंकुश लगाउदा आफुहरु मारमा परेको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले होटल तथा ब्यवसायीहरुको सममस्याबारे संघीय सरकारलाई अवगत गराउने बताए ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ५ : ३३ बजे