२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मनसुनी प्रभाव बढ्दै, प्रदेश ५ लगायतका प्रदेशमा भारी बर्षा



काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुन पुगेको र मनसुनी गतिविधि सक्रिय हुँदै गएको मौसमविद मञ्जु बासीले बताएकी छन् ।

हाल देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । देशका धेरै स्थानमा पानी परेको छ । विशेष गरी गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविद बासीले बताएकी छन् ।

भारतको पूर्वी उत्तर प्रदेशको भू–भागमा न्युन चापिय प्रणालीको प्रभाव पनि नेपालमा रहेको छ । शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अरु क्षेत्रमा पूर्ण बदली हुनेछ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहुने मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश ५, बागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ८ : १४ बजे