२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

ओखलढुङ्गामा पहिलो पटक कोरोना, रसुवा मात्र बाँकी



काठमाण्डौँ ।
ओखलढुङ्गामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड(१९) पोजिटिभ देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

भारतको गोरखपुरबाट आएका ती युवकलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये १ जनाको पोजिटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन । अब कोरोना नदेखिने जिल्ला रसुवा मात्र भएको छ । त्यहाँ अहिलेसम्म कोरोना देखिएको छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ८ : ११ बजे