३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

नेपालको जनसंख्या ३ करोड नाघ्यो



काठमाडौं ।

नेपालको जनसंख्या ३ करोड पुगेको छ। तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो। सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ।
जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।
विश्वव्यापी फर्मुला नै हामीले प्रयोग गर्ने होु, चौलागाईंले भने, आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्नु प्रमाणिक हुन्छ। सन् २०११ को जनगणना र त्यसअघिको तथ्यांकहरूको आधारमा फर्मुला तय हुने चौलागाईंले बताए।
तीन करोड जनसंख्या हामीले गनेर तोकेको होइनु, उनले भने, तर अबबाट तीन करोड जनसंख्या भन्न सकिन्छ। उनले सन् २०२१ मा जनगणना गर्न तथ्यांक विभागले अहिले पाइलट प्रोजेक्ट गरिरहेको बताए। नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ।

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  २ : २६ बजे