९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विहारमा फेरि १६ दिन लकडाउन घोषणा



एजेन्सी ।
कोरोनाभाइरस संक्रमितको संख्या झण्डै २० हजार पुगेपछि विहारले फेरि १६ दिन लकडाउन गर्ने घोषणा गरेको छ।

मंगलबार बसेको संकट व्यवस्थापनको बैठकले कोरोनाभाइरसको जोखिमलाई नियन्त्रणमा लिन र न्यूनीकरण गर्न जुलाई १६ देखि ३१ तारिखसम्म लकडाउन गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले लकडाउनको निर्देशिका समेत तयार गरिरहेको उप-मुख्यमन्त्री सुशील कुमार मोदीले बताए।

अतिआवश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ।विहारमा मंगलबार सम्म १७ हजार ९ सय ५९ संक्रमित देखिएका छन्।पछिल्लो २४ घण्टामामात्रै एक हजार ४ सय ३२ जनामा संक्रमित भेटिएका छन्।

विहारको पटना, भागलपुर र बेगुसराय सबभन्दा प्रभावित जिल्ला हुन्।विहारमा ६९ प्रतिशत संक्रमित निको समेत भइसकेका छन् जुन अन्य प्रदेशको तुलनामा बढी हो।

भारत अहिले सबभन्दा बढी संक्रमित रहेको राष्ट्रमध्ये एक हो। मंगलबारसम्म त्यहाँ नौ लाख ६ हजार संक्रमित छन्। त्यसमध्ये पाँच लाख ५१ हजार ४ सय संक्रमित निको भइसकेका छन् भने २३ हजारले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : ३० असार २०७७ मंगलबार ००:००  ६ : ४८ बजे