९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विश्व नम्बर एक जोकोभिकले युएस ओपन खेल्ने



एजेन्सी ।

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले यस वर्षको युएस ओपन खेल्ने भएका छन् ।सर्बियन स्टार जोकोभिकले बिहीबार सामाजिक संजालबाट आफुले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन् ।यस्तै जोकोभिकले सिनसिनाटी ओपन समेत खेल्ने बताएका छन् ।

ुसिनसिनाटी र युएस ओपन खेल्ने पक्का गर्दा म खुशी छु, ट्वीटरमा जोकोभिकले लेखेका छन्, ुधेरै पक्षको अवरोध र चुनौतीबीच यो निर्णय सहज थिएन ।न्युयोर्कमा हुने सिनसिनाटी अगस्ट २० देखि २८ सम्म आयोजना हुँदैछ ।यस्तै युएस ओपन अगस्ट ३१ बाट सुरु हुँदैछ । ३३ वर्षीय जोकोभिकले ३ पटक युएस ओपन जितेका छन् ।

कोरोना भाईरसको महामारीको कारण पछिल्लो ठुला खेलाडीले प्रतियोगिता नखेल्ने बताईरहदा जोकोभिक भने खेल्न तय भएका हुन् । स्पेनिस राफायल नाडालले युएस ओपन नखेल्ने बताईसकेका छन् ।

यस्तै महिलाको विश्व नम्बर एक एस्लेईघ बार्टी, युक्रेनी खेलाडी एलिना स्विटोलिना र डच खेलाडी किकी बेर्टेन्सले युएस ओपन नखेल्ने बताईसकेकी छिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  ७ : २७ बजे