६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बुटवलमा ११ प्रहरीमा कोरोना संक्रमण



बुटवल ।

बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार उनीहरु सबै पुरुष हुन्। बाँकीको रिपोर्ट आएको छैन।

प्रकाशित मिति : १६ भदौ २०७७ मंगलबार ००:००  १ : १८ बजे