२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

दाङबाट १३ जुवाडे पक्राउ



दाङ ।

दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप महानगरपालिका वडा नं.६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  ६ : ०४ बजे