८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चिसोले कपिलवस्तुसहितको जनजीवन प्रभावित, रोगीको संख्यामा बृद्धि



मायादेवी अनलाइन, वाणगंगा ।
जाडोयाम शुरु भएसँगै दैनिकजसो बढ्दै गएको चिसोको कारण कपिलवस्तुसहित तराइका जिल्लाको जनजीवन प्रभावित बनेको छ । कोरोना भाइरसको उच्च जोखिमका बीच पुसको पहिलोे सातादेखि जाडोसँगै शितलहर चल्दा जनजीवन कष्टकर बनेको हो ।

बढ्दो जाडोसँगै शितलहर चल्दा तराइका कपिलवस्तु, रुपन्देही, नवलपरासी, लगायतका जिल्लाको जनजिवन प्रभावित बनेको छ ।

कोरोना माहामारी बीच चिसो बढ्दै गएपछि स्थानीयले चोकचोकमा आगो तापेर बसेका छन् । शितलहरका कारण राजमार्ग र सहायक मार्गमा बाक्लो हुस्सु लाग्दा सवारीका साधनले दिउँसै बत्ती बालेर हिड्नुपर्ने बाध्यता छ ।

कोरोना माहामारी बीच चिसो बढ्दै जाँदा सवैभन्दा बढि सडकमा हिड्डुल गर्ने सर्वसाधारण, गरिव, विपन्नले कष्ट भोगेका छन् ।

जिल्लास्थित विप्द व्यवस्थापन समितिले जाडोबाट बचाउनका लागि स्थानीय तहलाई चोकचोकमा आगो बाल्न आग्रह गरेको छ ।

चिसो बढ्दै गएपछि स्वास्थ्य केन्द्रमा समेत महिला, बालबालिका, बृद्धबृद्धामा रुघाखोकी, दम, निमोनिया लगायतका संक्रमण देखिन थालेकाले चिकित्सकले चिसोबाट बच्न घरबाहिर ननिस्कन, अति आवश्यक परेमात्र मास्क लगाएर हिड्डुल गर्न, सेनिटाइजर प्रयोग गर्न, तातो झोलिलो पदार्थ पिउन लगायतका सुझाव दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७ शनिबार ००:००  ४ : ४२ बजे