८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

टिकटक भिडियो बनाउदा रेलले ठक्कर दियो, एक जनाको ज्यान गयो



काठमाण्डौ ।

पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय टिकटक भिडियो बनाउने क्रमसँगै दुर्घटना पनि बढ्दै गएका छन् । यस्तै एक घटना पाकिस्तानमा घटेको छ ।

रेलमार्गमा टिकटक भिडियो बनाइरहेका एक जना पाकिस्तानी युवाको रेलको ठक्करबाट ज्यान गएको छ । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डीको छिमेकमा पर्ने शाह खालिद भन्ने ठाउँमा शुक्रबार घटना घटेको हो ।

स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले जनाए अनुसार रेलमार्गमा हिँडेर टिकटक भिडियो बनाउनमा व्यस्त १८ वर्षीय हम्जा नाभीदको उनका साथी राजा फराकतले टिकटक भिडियो बनाइरहेका बेला गुडिरहेको रेलसँग ठोक्किएर ज्यान गएको हो ।

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  ७ : ०३ बजे