७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्याट्रिकले गरे १०० औँ गोल, लीड्स विजयी



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लीड्स युनाइटेड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लीड्सले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो।

लीड्सका लागि ज्याक ह्यारिसनले तेस्रो मिनेटमै गोल गरेर सुरुवाति अग्रता दिलाए। ५२ औँ मिनेटमा प्याट्रिक बामफोर्डले गोल गरि लीड्सको जित निश्चित गरे ।

उनले खेल जीवनको १०० औँ गोल गरेका हुन् । जितपछि २२ खेलबाट ३२ अंकसहित लीड्स दशौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७ मंगलबार ००:००  ७ : ५४ बजे