१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

बैतडीकी भागरथीको अन्त्येष्टि हुँदै



बैतडी ।

बैतडीकी भागरथी भट्टको शव आफन्तले बुझेको छ । बलात्कार र हत्या गर्ने अपराधी पक्राउ नपरि शव नबुझ्ने अडान लिएको परिवारले अपराधको आरोपी पक्राउ परेसँगै शव बुझेको हो ।
आफन्तले शव बुझेर गोठलापानीबाट सेरासम्म शवयात्रा गरी महाकाली नदीको छेउको आर्यघाटमा दाहसंस्कार गरिरहेका छन् । गएको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथीको हत्या भएको थियो भने २२ गते शव भेटिएको थियो ।

प्रहरीले १३ औँ दिनमा भागरथीको हत्याको आरोपमा त्यही ठाउँका एक किशोरलाई प्रक्राउ गरी सार्वजनिक गरे पनि उनले हत्या गरेको मात्रै बयान दिएपछि भागरथीको परिवारले बलात्कारमा संलग्न व्यक्तिको पनि खोजी गर्न माग गर्दै शव बुझ्न मानेको थिएन ।
तर बिहीवार ती किशोरले भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएपछि परिवारले शव बुझेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७ शुक्रबार ००:००  ३ : ०९ बजे