३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

प्रधानमन्त्रीलाई विदाई गर्ने तयारीमा काँग्रेस




काठमाण्डौँ ।
नेपाली कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको छ।सभापति शेरबहादुर देउवाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपर्युक्त समय बल्ल आएको बताउन थालेका छन्।यसअघि प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजान साथ खोज्दा देउवाले नेकपा फुटेकै छैन भन्ने अडान राखेका थिए।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको ठहर गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि यो मौका छोप्ने दाउमा देउवा छन्।देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर नयाँ सरकार बनाउन गृहकार्य थालेका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७७ मंगलबार ००:००  ९ : ५१ बजे