१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

माओवादी मन्त्रीलाई सरकारबाट फिर्ता आउन निर्देशन, पार्टी त्यागबारे २४ घण्टा भित्र लिखित स्पष्टीकरण दिनुपर्ने



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। शनिबार पेरिस डाँडामा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको केन्द्रका एक नेताले जानकारी दिए। आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिएको हो।

यस्तै बैठकले हिजो एमालेले केन्द्रीय सदस्य बनाएका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो कि होइन भन्नेबारे निर्णय दिन २४ घण्टाको समयसिमा तोकेर लिखित जवाफ मागसमेत गरेको छ। यसैबीच, बैठकले चैत १ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक यथावत राख्दै चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला स्थगित गरेको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७ शनिबार ००:००  १० : ५६ बजे