२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

लिग लिडर एथ्लेटिको मड्रिडलाई १० खेलाडीको गेटाफेले रोक्यो



एजेन्सी ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।

तुलनात्मक रुपमा कमजोर टिम गेटाफे १० खेलाडीमा सीमित भएर पनि एथ्लेटिको मड्रिडलाई गोल बिहीन बराबरीमा रोक्न सफल भएको हो ।७० औँ मिनेटमा निओम सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो ।

अवे मैदानमा भएको खेलमा लुइस स्वारेजसहितको एथ्लेटिको मड्रिडले गोल गर्ने केही मौका बनाए पनि सफल हुन सकेन ।बराबरीपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको २७ खेलबाट ६३ अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५७ अंक छ ।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  ६ : १९ बजे