१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

स्वार्थीहरूले रोक्न खोज्दा पनि तीव्र विकास गरेका छौँः प्रधानमन्त्री



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा हिरिक्क हुने प्रवृत्ति बढ्दै गर्दा पनि सरकारले विकास निर्माणमा छलाङ मारेको दाबी गरेका छन्।
प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्रीले भने, ‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ।’
दिगो विकासको मापदण्ड २०३० भन्दा अगाडि नै पूरा हुने उनले बताए। ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ, चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ,’ उनले भने। विरोधका लागि विरोध गर्नेहरूले विकास निर्माणका काम रोकेको उनले आरोप लगाए।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  १ : १४ बजे