३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माओवादी केन्द्रको बैठक जारी, बादललसहित २३ जनालाई कारवाहीको तयारी



काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै सिंगो पार्टीमा एकै रुपले समझदारी कायम गर्ने मामिलामा अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले ‘ब्रिफिङ’ गरिरहेको बैठकमा सामेल एक सदस्यले जानकारी दिए।
एमाले र माओवादीलाई अलगअलग गर्ने सर्वोच्चको फैसला, त्यसले पारेको समग्र प्रभाव र आगामी चुनौतिमा पनि दाहाल केन्द्रीत भइरहेका छन्।
बैठकमा पार्टीको नाम, विधान संशोधन र एमालेमा गएका गृहमन्त्री राबहादुर थापा बादलसहितका २३ जना नेतामाथि कारवाही गर्ने लगायत विषयमा छलफल हुँदैछ।
माओवादी केन्द्रले उनीहरुलाई शनिबार आफ्नो धारणा पेश गर्न २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टीकरण सोधेको थियो।

प्रकाशित मिति : १ चैत्र २०७७ आइतबार ००:००  १ : ४३ बजे