९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

रियल मड्रिड पुग्यो च्याम्पियन्स लिगको अन्तिम ८ मा



काठमाडौं ।
स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ ।
अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लान्टालाई ३–१ ले पराजित गरेको रियल मड्रिड समग्रमा ४–१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।
अवे मैदानमा भएको पहिलो लेगमा रियल मड्रिड १–० ले विजयी भएको थियो ।

मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडका लागि ३४ औँ मिनेटमा करिम बेन्जिमा, ६० औँ मिनेटमा पाएको पेनाल्टीमा कप्तान सर्जियो रामोस तथा ८४ औँ मिनेटमा एसेन्सिओले गोल गरेका हुन् । एट्लान्टाका लागि मुरिएलले ८३ औँ मिनेटमा एक गोल फर्काए ।

प्रकाशित मिति : ४ चैत्र २०७७ बुधबार ००:००  ६ : ५५ बजे