८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

माधव नेपाल, भीम रावल लगायतलाई स्पष्टीकरण सोधिने



काठमाडौं ।
सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा सात वटा एजेण्डा पेश भएका छन्। बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
त्यस्तै, संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ।
यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ।
यस्तै बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७७ शनिबार ००:००  ५ : २३ बजे