८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिराहामा गोली प्रहारबाट एकको हत्या, श्रीमती घाइते



सिराहा ।

सिराहामा गोली प्रहारबाट एक जनाको हत्या भएको छ।लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गए राति करिब पौने १ बजे गोली चलेको थियो। कसले गोली चलायो भन्ने खुलेको छैन। गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको हत्या भएको छ। उनको टाउकोमा गोली लागेको छ। उनकी श्रीमती घाइते छिन्।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले गोली र खुकुरी प्रहारबाट विश्वकर्माको हत्या भएको बताएका छन्।

‘गोली र खुकुरी प्रहारबाट उहाँको हत्या भएको देखिन्छ,’ उनले सेतोपाटीसँग भने, ‘उहाँकी श्रीमती सामान्य घाइते हुनुहुन्छ।’ उनको हातमा चोट लागेको छ।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौचरी र सूर्य सहनी पक्राउ परेका हुन्। चौधरीलाई फलामको रड बोकेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २९ चैत्र २०७७ आइतबार ००:००  ८ : २५ बजे