८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बुटवलको कोरोना अस्पतालमा ३ जनाको मृत्यु, एक जना बाणगंगाका पुरुष



बुटवल ।
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी–५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका–३ का एकजना पुरुष छन् ।
तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो ।
यता विराटनगरको कोसी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
आइतबार राति झापा दमकका ९२ वर्षीय पुरूषको मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई गत चैत २५ गते कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका वृद्धको शव राति नै आफन्तको जिम्मा लगाइएको उनले बताए।

प्रकाशित मिति : ३० चैत्र २०७७ सोमबार ००:००  ३ : २५ बजे