२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं
नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन्। यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्‍न कार्यक्रमहरूमा बोल्ने क्रममा संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा छिट्टै सरकार परिवर्तन हुने दाबी गर्दै आएका छन्।

प्रकाशित मिति : ५ बैशाख २०७८ आइतबार ००:००  २ : २५ बजे