८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

चुडाल र सुवेदी सर्वोच्‍चको न्यायाधीशमा नियुक्त



काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले न्यायपरिषदको सिफारिसमा सोमबार सुवेदी र चुडाललाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन्।

यसअघि गत शुक्रबार सिंहदरबारमा संसदीय सुनवाइ समितिले दुवैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

न्यायपरिषदबाट प्रस्तावित दुवै न्यायाधीशले सांसदहरुका प्रश्नको जवाफ दिएपछि दुवै जना सर्वसम्मतिले सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन भएका थिए।

प्रकाशित मिति : ६ बैशाख २०७८ सोमबार ००:००  १२ : ३७ बजे