२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

कारबाही रोक्न माग गर्दै माधव नेपाल समूहले दायर गरेको रिटको सुनुवाइ हुँदै



काठमाडौं।
आफूहरूविरुद्धको कारबाही रोक्न मागसहित नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहितले दायर गरेको रिट सर्वोच्चको पेसीमा चढेको छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ तोकिएको हो। सुनुवाइ ३०औँ नम्बरमा छ।


पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन विपरीत अध्यक्ष ओलीले आफूहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता भएको थियो। वैशाख ९ गते रिट सर्वोच्चमा दर्ता भएको थियो।
नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेका तर्फबाट रिट दर्ता भएको थियो। साथै पछिल्लो पटक एमाले महाधिवेशन आयोजक कमिटीको निर्णयबाट स्पष्टीकरण माग गरिएका अन्य २७ सांसदको हकमा पनि कारबाही प्रक्रिया रोक्न सोही रिटमा माग गरिएको छ। तर, २७ जना भने निवेदकका रुपमा छैनन्।

प्रकाशित मिति : १२ बैशाख २०७८ आइतबार ००:००  १२ : १८ बजे