२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

जन्ती बोकेको जिप दुर्घटनामा दुलहादुलहीसहित १२ घाइते



कञ्चनपुर ।
कञ्चनपुरबाट जन्ती बोकेर बैतडीतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा दुलहा, दुलहीसहित १२ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले सेतोपाटीलाई बताए।दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित मिति : १३ बैशाख २०७८ सोमबार ००:००  ८ : २९ बजे