८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

१० रुपैयाँको मास्क नलगाए अब ५० रूपैयाँ जरिवाना



धनगढी ।
कोरोनाभाइरसका संक्रमित दिनप्रतिदिन वृद्धि भइरहेका बेला मास्कविना नै मानिसहरू हिँडडुल गरेको पाइएपछि कञ्चरपुरमा कडा नियम लगाइएको छ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयअनुसार प्रहरीले मास्क नलगाएका मानिस भेटिएमा ५० रूपैयाँका दरले जरिवाना लिने गरेको छ।

यो नियम सोमबारदेखि नै लागु भइसकेको छ।महेन्द्रनगरमा मास्क नलगाई हिँडेका ३७ जनालाई कारवाही गरिएको थियो।उनीहरूबाट एक हजार ८ सय ५० जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रहरीले ‘तपाईंको मास्क खै ? भन्ने अभियान पनि चलाएको छ।जरिवाना लिनुअगाडि प्रहरीले केही मानिसलाई मास्क लगाएर हिँड्न सम्झाइबुझाइ पनि गरेको थियो। नेपालमा पछिल्लो समय कोरोनाभाइरसका संक्रमित बढेपछि विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७८ मंगलबार ००:००  ६ : ४३ बजे