२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

ढुंगाले हानेर श्रीमतीको हत्या गरे



दाङ ।
दाङमा एक व्यक्तिले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ का २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुंगाले हानेर हत्या गरेका हुन्।

मंगलबार राति करिब ८ बजे ढुंगाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ। फरार रहेका पदमको खोजी भइरहेको प्रहरीले बताएको छ। विपनाकी चार वर्षीया छोरी पनि रहेकी छिन ।

प्रकाशित मिति : १५ बैशाख २०७८ बुधबार ००:००  १२ : ०० बजे