८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

हाजिर नगरी तलब खाने कर्मचारीलाई यस्तो लाग्यो लगाम !



नवलपरासी, २१ पुस ।
विद्यालय र स्वाथ्यकेन्द्रमा समयमा शिक्षक तथा कर्मचारी नआएको भन्ने गुनासो बढेपछि गाउँपालिकाले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा विद्युतीय हाजिर मेसिन जडान गरेको छ ।

नवलपरासीको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिकाले गाउँपालिकाको बजेटबाट आफ्नो क्षेत्र भित्रका ८ वटा विद्यालय र ६ वटा स्वाथ्य केन्द्रका साथै गाउँपालिकाको कार्यालय गरी १५ स्थानमा विद्युतीय हाजिर मेसिन जडान गरेको हो ।

पहाडी गाउँपालिका भएका कारण शिक्षक तथा कर्मचारीले कसैको अुनगमन नहुने हुँदा लापरवाही तरिकाले मन लाग्दा विद्यालय तथा कार्यालय जाने गरेका थिए ।

समयमा कार्यालयमा उपस्थिति हुने नगरेकाले नियमनका लागि विद्युतीय हाजिर मेसिन जडान गरिएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो बिद्युतीय हाँजिरी मेसिन राखिएपछि कार्यालय जान आलटाल गरी अनियमितता गर्ने कर्मचारीमाथि लगाम लागेको छ ।
गाउँपालिकाले विद्युतीय हाजिर जडान गरे पछि त्यसको सबै तथ्याकं गाउँपालिकाले नै राख्ने र गयल हुने कर्मचारीलाई कारवाही गरिने अध्यक्ष बस्ताकोटीले बताउनुभयो ।

प्रकाशित मिति : २१ पुस २०७४ शुक्रबार ००:००  ४ : ५४ बजे