८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपाली सेनाका सहायक रथी केसीलाई पनि टिप्यो कोरोनाले



काठमाडौं ।
नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ। कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए।केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए। एक महिनादेखि अस्पतालमा रहेका उनलाई केही भन्टिलेटरमा समेत राखिएको थियो।कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन्।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  १० : १५ बजे