६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु



बैतडी ।

वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ खार चौखुट्टेका ७२ वर्षीया गेउली ठगुन्ना, उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना र २९ वर्षीय लक्ष्मण सितोली छन्। गेउली र मन्जरीको घर पुरिँदा मृत्यु भएको हो भने लक्ष्मणको घट्ट जाने क्रममा माथिबाट आएको पहिरोमा परेर ज्यान गएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

पहिरोमा परेर नौगाड गाउँपालिका–३ कै १८ वर्षीया हरमती ठगुन्ना घाइते भएको प्रहरीले जनाएको छ। यसैबीच नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो।

बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रका आधा दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा रहेका छन्। प्रहरीको टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  ३ : १७ बजे