१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

उपत्यकाका सिडिओहरू बैठक बस्दै, लामो दुरीका बस चलाउने तयारी



काठमाडौं । उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरू आज संयुक्त रूपमा निषेधाज्ञाबारे छलफल गर्न बैठक बस्न लागेका छन्।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार आज अपरान्ह ५ बजेपछि बैठक बस्ने तयारी छ।

‘यसअघि थप गरिएको निषेधाज्ञा आज सकिँदैछ। आज बैठक गरेर निषेधाज्ञा थप गर्न के गर्ने भन्ने निर्णयमा पुग्छौं,’ उनले सेतोपाटीसँग भने, ‘लामो दूरीका बस पनि चलाउन दिने कि भन्ने छ। बढी भाडा लिएर यात्रुहरूले दुस्ख पाएको गुनासो आएका छन्।’

काठमाडौं बाहिरका जिल्लाबाट पनि उपत्यकाभित्र बस आवतजावत गर्न दिनेबारे छलफल गरिने उनको भनाइ छ।

बस सञ्चालन गर्दा जोर(बिजोरमा गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ। कोरोना जोखिम कम नभएकोले भिडभाड गरिहाल्न नहुनेमा सचेत हुनुपर्ने प्रजिअहरू बताउँछन्।

प्रकाशित मिति : ३१ असार २०७८ बिहिबार ००:००  १० : ४० बजे