३२ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

मकैको बिउमा गुल्मी आत्मनिर्भर, बजारको भने समस्या



शिवलाल सुवेदी, गुल्मी ।
जिल्ला कृषि विकास कार्यालय गुल्मीले मकै विउ उत्पादन पकेट क्षेत्र घोषणा गरेको छोटो समयमै मकैको बिउमा गुल्मी आत्मनिर्भर भएको छ । पकेट क्षेत्र घोषणा गरेको छोटो समयमै मकैको बिउ उत्पादनमा किसानहरुहरु आकर्षण बढ्दै गएपछि जिल्ला मकैको विउमा आत्मनिर्भर भएको हो ।

जिल्ला कृषी विकास कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाहरुले किसानहरुलाई मकैको विउ उत्पादनमा सहयोग पु¥याउँदै आएका छन् । जसका कारण मकैको बिउमा जिल्लाले प्रगती गरेको हो । पछिल्लो समय जिल्लामा बार्षिक झण्डै ३ सय मेट्रिक टन मकैको विउ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । जसमध्ये गुल्मीमा १ सय २० मेट्रिक टन मकैको बिउ आवश्यक पर्छ । २ सय मेट्रिक टन बिउ विक्रि हुँदै आएको छ ।

बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणी पन्थीका अनुसार ८५ हजार ६ सय ७० हेक्टर खेती योग्य जमिन मध्ये ३२ हजार ८ सय ३० हेक्टर जमिनमा मात्र मकै खेती हुने गरेको बताउनुभयो । किसानहरु मकै उत्पादन तर्फ आर्कषित भएपछि जिल्लामा मकैको बिउ आयत गर्नु नपर्ने भएको छ पन्थी भन्नुहुन्छ ‘अब मकैको बिउ खोज्न बाहिर जानु पर्दैन,मकैको बिउमा आत्मनिर्भर छौ ।’ जिल्लामा बढी भएको बिउ अर्घाखा“ची, पाल्पा, सुर्खेत, तनहु“, सल्यान लगायतका जिल्लामा निर्यात भैरहेको छ । जिल्लाका किसानले देउती, मनकामना ३, रामपुर कम्पोजिट ९, मनकामना ६, रेसुंगा कम्पोजिट, गुल्मी २, मनकामना ५ र अरुण २ नामका मकैका बिउ उत्पादन गर्दै आएका छन् । ति मध्ये रेसुंगा कम्पोजिट र गुल्मी २ जिल्लामै विकास गरिएको बिउ हुन् ।

बिउ उत्पादनका लागि मदाने गाउँपालिका पुर्कोटदह र भनभने, रुरु गाउँपालिका थानपति, बम्घा र दिगाम, रेसुंगा नगरपालिकाका विभिन्न स्थान, गुल्मी दरवार गाउँपालिकाको गौडाकोट र दरवारदेविस्थान साथै छत्रकोट गाउँपालिकाको हर्दिनेटालाई बिशेष पकेट क्षेत्र निर्धारण गरीएको छ । अहिले मकैको बिउ उत्पादनमा किसानका लागि उन्नत बिउबिजन कार्यक्रमले सहयोग गरिरहेको छ । सबैभन्दा बढी रुरु गाउँपालिकाको थानपतिमा रहेको पानीटंकी जैविक बहुउद्देश्यीय कृषि सहकारीले १७ हेक्टर क्षेत्रफलमा वार्षिक ३० टन बढी मकैको बिउ उत्पादन गर्दै आएको छ ।

सहकारीकी अध्यक्ष दुर्गा ज्ञवालीका अनुसार उनीहरुले मनकामना ३, मनकामना ६ र रामपुर कम्पोजिट ९ उत्पादन गर्दै आएका छन् । बिउ उत्पादन गर्ने गरेका किसानलाई राष्ट्रिय मकैबाली कार्यक्रम रामपुर चितवनले पनि सहयोग गर्ने गरेको छ । थानपतिमा उत्पादन भएको बिउ पोखराको लुम्ले सहित पाल्पा, स्याङजा, गोरखा, सल्यान लगायतका जिल्लामा पुग्ने गरेको छ । बम्घाको सिजर्ननशिल बहुउद्देश्यीय महिला कृषक सहकारीले २५ मेट्रिनटन, पुर्कोटदहको कंकेदेउराली मकै बिउ उत्पादन कृषक सहकारीले २३ मेट्रिक टन उत्पादन गर्ने गरेका छन् । जिल्लामा १० मेट्रिक टन भन्दा बढी बिउ उत्पादन गर्ने सहकारी १४ वटा छन् ।

बजारीकरणमा समस्या

यता मकैको विउ उत्पादनमा जिल्ला आत्मनिर्भर भएपनि बजारीकरणको भने जिल्लामा ठुलो समस्या रहेको छ । मकै बिउ उत्पादन गर्ने सहकारीका अनुसार आफुहरुले उत्पादन गरेको विउ विक्रिका लागि समस्या भएको गुनासो गरेका छन ।

कंके देउराली मकै बिउ उत्पादन कृषी सहकारी संस्थाका अध्यक्ष लोकहरी कुवंरका अनुसार पुर्कोटदहका मकै कृषकको घरघरमा मकैको बिउ थन्किएको बताउनुभयो । गत बर्ष १० मेट्रिक टन बिउ बिक्री गरेपनि अहिले ४० मेट्रिक टन बिउ किसानकै बोरामा रहेको छ उहाँले भन्नुभयो ‘उत्पादन उल्लेख्य भएर के गर्ने, बिउ किसानको बोरामै छ ।’ उहाँका अनुसार अघिल्लो बर्ष ५५ रुपैया प्रतिकेजीमा बिक्री भएको बिउ अहिले ५० मा पनि विक्रि नभएको बताउनुभयो ।

लुम्बिनी सिड र अर्को एउटा बिउ कम्पनीसंग ४५ र ४७ सम्ममा आफुहरुको बार्गेनिङ्ग भैरहेको उनको गुनासो छ । मकैको बिउ किसान र व्यवसायी बिच समन्वय अभाव र पहु“चको समस्याले किसानले उत्पादन लागत अनुसार मुल्य नपाउने समस्या रहेको छ ।

छिमेकी देशमा सस्तो मुल्यमा विउ उत्पादन हुनु, भौगोलिक विकटता, बजारको समस्या, उत्पादन लागत बढी हुनु, किसानलाई ज्ञान र सामाग्रीको अभावले पनि उत्पादनमा असर गरिरहेको भएपनि बाली बिमा तथा उत्पादनमा आधारित अनुदान लगायत स्थानीय तहबाटै किसान मुखी कार्यक्रम तयार हु“दा उत्साह बढ्दै गएको कृषि कार्यालयका कृषी प्रसार अधिकृत रण बहादुर महतोले बताउनुभयो । अहिले कृषि सहकारी र बिउ उत्पादन समुहले मकै सहित धान, गहुँ बोडी लागयतका खाद्यान्न बालीका बिउहरु व्यवसायीक उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : २० माघ २०७४ शनिबार ००:००  २ : ५६ बजे