१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

 ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध



नयाँ दिल्ली ।
जम्मु-कश्मीरको पुलवामामा बिहीबार भएको अहिलेसम्मकै ठुलो आत्मघाती हमलामा आफ्ना ४० सुरक्षाकर्मी मारिएपछि भारत पाकिस्तानसँग क्रुद्ध भएको छ ।
४० जनाको ज्यान जाने गरी भएको यो खतरानाक हमलापछि भारत पाकिस्तानविरुद्ध कारबाहीमा उत्रिएको हो । यस हमलापछि भारत-पाकिस्तानको सम्बन्ध अझै तनावयुक्त हुने अनुमान गरिएको छ ।
शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को भएको छ । यो बैठकमा छिमेकी मुलुक पाकिस्तानविरुद्ध सबैभन्दा ठुलो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले पाकिस्तानलाई दिएको मोस्ट फेवर्ड नेशन (एमएफएन) को दर्जा फिर्ता लिएको हो ।
के हो मोस्ट फेवर्ड नेशन
एमएफएन अर्थात् मोस्ट फेवर्ड नेशनको दर्जा पाएका देशले भारतसँगको व्यापारमा विविध सुविधा पाउँछन् । यो सुविधाले पाकिस्तानलाई अधिक आयात कोटा र कम व्यापारिक कर मिल्ने गरेको छ। अर्का्तिर मोस्ट फेवर्ड नेशनको दर्जा पाउने देशलाई व्यापारका क्रममा कुनै पनि किसिमको असर नपार्ने प्रतिवद्धता पनि भारतले गरेको हुन्छ ।
पुलवालामा भएको आक्रमणअघि सम्म पाकिस्तानले कुनै पनि हालतमा आफूलाई भारतले दिएको यो सुविधा खोसिएर आर्थिक सवालमा कुनै असर नपर्ने विश्वास लिएको थियो ।
मोस्ट फेवर्ड नेशन दर्जाबाट पाकिस्तानका व्यापारीलाई विविध सुविधा र कर छुट पनि मिल्छ । भारतले यो दर्जाबाट पाकिस्तानलाई हटाएपछि अब व्यापारमा असर पर्नेछ ।
विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्यका रुपमा हरेक देशलाई एक दोस्रोबीच मोस्ट फेवर्ड नेशनको दर्जा दिइनु पर्छ । तर यो अनिवार्य भने हुँदैन । भारतले पाकिस्तानलाई सन् १९९६ मा मोस्ट फेवर्ड नेशनको दर्जा दिएको थियो । तर पाकिस्तानले आश्वासन दिएर पनि भारतलाई अहिलेसम्म यो दर्जा दिएको छैन । यसअघि भारतले जम्मु-कश्मीरको उरीमा आक्रमण भएपछि पहिलो पटक पाकिस्तानलाई दिइएको एमएफएन दर्जाबारे पुनर्विचार गरेको थिइो ।
कति छ ब्यापार
डिसेम्बर २०१८ मा विश्व बैंकको एक रिपोर्ट आएको थियो । यस रिपोर्टमा भारत र पाकिस्तानबीच २ अर्ब डलर (१४ हजार करोड भारु) को व्यापार हुने देखाएको थियो । रिपोर्टमा यी दुई देशको व्यापार ३७ अर्ब डलर (२.६२ लाख करोड भारु) सम्म बढ्ने अनुमान गरिएको थियो ।
के निर्यात गर्छ भारत
अहिले भारतले पाकिस्तानतर्फ प्रमुख रूपमा चिनी, चिया, ओयल केक, पेट्रोलियम तेल, कटन, टायर, रबरसमेत १४ वस्तु निर्यात गर्छ । भारतले पाकिस्तानबाट अम्बा, आँप, कटहर, फ्रेबिक कटन, साइक्लिक हाइड्रोकार्बन, पोर्टल्यान्ड सिमेन्ट, कपर वेस्ट र स्क्र्याप जस्ता सामान आयता गर्दै आएको छ । तस्बिर – एजेन्सी

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ९ : ०२ बजे