२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

बाढी र पहिरोमा ज्यान गुमाउने ११ पुगे, ८ जना बेपत्ता



काठमाडौँ ।
निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १० जना बेपत्ता छन्। दिउँसो ३ बजेसम्मको अपडेटअनुसार काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्कँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
ललितपुरको बागमती गाउँपालिकामा पहिरोले घर थिच्दा एक बालकको ज्यान गएको छ। काभ्रेमा पनि पहिरोले घर थिच्दा दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
सिन्धुली, पर्सा, ललितपुर, धादिङ र रामेछापमा एकरएक जनाको ज्यान गएको छ। खोटाङमा तीन जना बेपत्ता छन्। मोरङ, सुनसरी, महोत्तरी, पाँचथर र काठमाडौंमा एक एक जना बेपत्ता छन्। देशभरका घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ। साभार देश सञ्चार

प्रकाशित मिति : २७ असार २०७६ शुक्रबार ००:००  ४ : १८ बजे